free website hit counter

अजोड इन्स्योरेन्सले मनायो तेस्रो वार्षिकोत्सव

beemaadmin
२०७८ असार २१, सोमबार

काठमाडौं । स्थापनाको छोटो समयमै बजारमा आफ्नो गौरवमय उपस्थिति जनाइसकेको अजोड इन्स्योरेन्स लिमिटेडको आफ्नो तेस्रो वार्षिक वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न कार्यक्रमको आयोजना गरियो । कम्पनीले केन्द्रिय कार्यालयसहित सातै प्रदेशका प्रादेशिक कार्यालय तथा देशभरीका विभिन्न २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरि जम्मा ४७ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र ७ वटा बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीको सम्पूर्ण कार्यालय र बीमा काउण्टरहरुमा करिब २६७ जना कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । कम्पनीले प्रदान गर्ने बीमा सेवालार्इ विश्वासिलो, छिटो छरितो भरपर्दो र स्तरीय बनाउँदै लैजाने क्रममा कम्पनीले प्रविधिको प्रयोगलाई उच्चतम प्राथमिकता दिएको छ । चालु आर्थिक बर्षको असार तेस्रो सातासम्म कम्पनीको चुक्ता पूँजी १ अर्व रुपैयाँ र लगानी रु.१४७.३१ करोड र कुल दाबी भुक्तानी रु. ५८.९७ करोड (जसमा कोरोना बीमा दाबी भुक्तानी रु. १२.९७ करोड र अन्य बीमा दाबी भुक्तानी रु. ४६ करोड) रहेको छ । कम्पनीले आगामी दिनमा कम्पनीले बीमा सेवाको पहुँच बढाउनको लागि देशका सुगमदेखी दुर्गम क्षेत्रमा समेत आफनो बीमा सेवा बिस्तार गर्दै लैजाने लक्ष्य लिएको छ । त्यसैगरी ग्राहकहरुको आवश्यक्ताका आधारमा केही नयाँ बीमालेखहरु पनि प्रचलनमा ल्याउने तयारी गरेको छ ।

रक्तदान सम्पन्न
अजोड इन्स्योरेन्सले तेस्रो वार्षिकोत्सवको अवसरमा सीटीसी मल सुन्धारामा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेका छन् ।

सम्बन्धित समाचार