काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसँग आबद्ध विभिन्न उद्योग तथा व्यवसायहरुको बीमा सेवा गर्ने गराउने कार्यका लागि सम्झौता भएको हो ।
सम्झौतामा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका अध्यक्ष रामेश्वर पराजुलीले हस्ताक्षर गरेका छन् ।