free website hit counter

अध्ययन भन्छ, जोडी नभएकाहरुलाई कोरोना संक्रमणको जोखिम बढी

beemaadmin
२०७७ आश्विन २६, सोमबार

काठमाडौं। विश्वव्यापी कोरोना कहरले सबैलाई आतंकित बनाएको बेला एक्लो हुनुपर्दाको पीडा उमेर पुगेका युवायुवतीलाई कति होला त्यो त भोग्नेलाई मात्रै थाहा हुन्छ । बिहे नगरी मरिने हो कि भन्ने चिन्तामा अहिले लाखौं युवा युवती रहेका छन् । त्यही बेला विभिन्न अध्ययनले समेत जोडी भएका मानिसहरुको तुलनामा सिंगल व्यक्तिहरुलाई कोरोनाभाइरसबाट मृत्यु हुने खतरा अधिक भएको पाइएको छ । स्वेडेनको स्टकहोम युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययनमा यसको खुलासा भएको हो । शोधकर्ताहरुले यस विषयमा चेतावनी पनि दिएका छन् ।

स्टकहोम युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययनको नतिजा अनुसार जोडी नभएकाहरुका साथै न्यून आय भएका, कम पढेलेखेका र न्यून वा मध्यम आय भएका देशका मानिसहरुमा कोरोनाभाइरसबाट मृत्युको सम्भावना अधिक छ । यो अध्ययन स्वीडिश नेशनल बोर्ड अफ हेल्थ एण्ड वेलफेयरले गरेको हो । स्वेडेनमा दर्ता भएका मृत्युको तथ्यांकमा यो अध्ययन आधारित छ । यो अध्ययनमा २० वर्ष वा सोभन्दा बढी उमेरका मृतकहरुको मात्रै तथ्यांकको विश्लेषण गरिएको छ । ‘जनरल नेशन्स कम्युनिकेसन्समा प्रकाशित यो अध्ययनका लेखक स्वेन ड्रेफ्टहाल भन्छन् ‘कोभिड १९ बाट भएका मृत्युको साथमा केही ठूला कारकहरु बलियोसँग जोडिएका छन् ।’

Advertisement
Advertisement

रिपोर्टका अनुसार अविवाहित पुरुष वा महिलामा कोभिड १९ बाट मृत्युको खतरा विवाहितहरुमा भन्दा डेढदेखि २ गुणा बढी छ । यो सूचीमा विवाह नै नभएकादेखि विवाह भैसकेर सम्बन्धविच्छेद गरेका, विधवा, विधुरलाई पनि समावेश गरिएको छ । अध्ययनमा कोभिड १९ बाट मृत्युको खतरा महिला भन्दा पुरुषमा दोब्बरभन्दा बढी भएको पनि पाइएको छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार