free website hit counter

अनलाइनबाटै व्यापार, अनलाइनबाटै भुक्तानी

beemaadmin
२०७७ जेष्ठ १५, बिहीबार

काठमाडौं । कोरोना आतंक मत्थर होला अवस्था सहज होला भन्ने अपेक्षा गर्दागर्दै झन संक्रमित बढ्न थालेपछि सबै व्यवसायमा यसको असर पर्न थालेको छ । संक्रमितको सञ्जाल विस्तारसँगै झन त्रास सिर्जना भएको छ । यसैकारण लकडाउन लम्बिदै गएपछि बीमा समितिले अनलाइन मार्फत बीमलेख जारी गर्न निर्देशन दिएको छ । समितिले नन मेडिकल लिमिट भित्रका बीमालेखहरु अनलाइनबाटै जारी गर्न सकिने व्यवस्था गर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो । लघुबीमा निर्देशिका बमोजिम हुनेगरी अधिकतम ३ लाख रुपैयाँ सम्म बीमांकको बीमालेख अनलाइन मार्फत जारी गर्न निर्देशन दिएको छ । बीमकको विद्यमान बीमालेख वितरण प्रणाली अन्तर्गत रहि बीमालेखको प्रस्ताव फारम अनलाइन मार्फत भराउने र पर्याप्त रुपमा बीमा जोखिमाङकन गरी बीमालेख जारी गर्न सकिने व्यवस्था गरेको छ । यस्तै बीमालेखको प्रस्ताव फारम भर्दा ग्राहक पहिचान फारम समेत भर्नुपर्ने व्यवस्था गरेको छ । बीमालेख अन्तर्गतको शुल्क भने विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मोवईल बैकिङ तथा अनलाइन मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार