free website hit counter

अब कार्डबिनै एटीएमबाट पैसा (भिडियोसहित)

beemaadmin
२०७७ फाल्गुन २०, बिहीबार

काठमाडौं । प्रविधिले एक पछि अर्को फड्को मार्दैछ । कुनै बेला पैसा चाहियो कि बैंकमा चेक लिएर लाइन बस्नु पर्ने थियो तर अहिले हातहातबाटै बैकिङ कारोबार गर्न सकिन्छ भने अब त हुँदा हुँदा एटीएममा पनि कार्ड नै नचाहिने भएको छ । सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना नै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि ल्याएको हो ।

यससँगै ग्राहकले सिभिल बैंकको कुनैपनि एटीएम मार्फत एटीएम कार्डको प्रयोगै नगरी सजिलै रकम निकाल्न सक्नेछन् । बैंकले ल्याएको नयाँ प्रविधि उपभोग गर्न सिभिल बैंकका ग्राहकले सिभिल बैंकको मोवाईल बैकिङ्ग एप्लिकेशन “सिभिल स्मार्ट” प्रयोग गरेर सिभिल बैंकको कुनैपनि एटीएम मार्फत एटीएम कार्डको प्रयोगै नगरी सजिलै रकम निकाल्न सक्नेछन् ।

Advertisement
Advertisement

यस सेवाको प्रयोग गर्न ग्राहकहरुले सिभिल बैंकको मोवाईल बैकिङ्ग एप्लिकेशन “सिभिल स्मार्ट”मा भएको “कार्डलेस क्याश“ अपशनमा गई आफुले इच्छाएको रकम प्रविष्ट गरी सम्पूर्ण विवरणहरु दुरुष्ट गरी आफ्नो मोवाईल बैकिङ्ग एप्लिकेशनको पिनकोड हाल्नुपर्ने हुन्छ जस पश्चात एकपल्ट मात्र प्रयोग गर्न मात्र मिल्ने ओटीपी पासकोड प्राप्त हुनेछ । यस पासकोडको सहित अन्य विवरणहरु प्रविष्ट गरे पश्चात एटीएमबाट पूर्व निर्धारित निश्चित रकम झिक्न सकिनेछ । ग्राहकहरुले यस सुविधाको उपयोग एटियम कार्ड हराएको अवस्थामा वा अरु कसैलाई रकम भुक्तानी गर्नुपरेको अवस्थामा समेत गर्न सक्नेछन् ।

Advertisement
Advertisement

यो सेवाले धेरैलाई उत्साहित गर्न सक्नेछ किनभने यस सेवाको प्रयोग गरी अब ग्राहकहरुले एटीएम कार्ड बोक्नैपर्ने, एटीएम कार्ड हराउने डर आदी झन्झटहरुबाट मुक्त हुन पाउनेछन् र एटीएम कार्ड हराउँदा–बिर्सिदा वा कसैलाई नगदै भुक्तानी दिनुपर्ने लगायतका अवस्था तथा समस्याहरुको समाधान ‘सिभिल बैंक कार्डलेस क्याश’ले दिनेछ भन्ने कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

करिब साढे पाँच लाख ग्राहकलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटीएम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिब ७८ अर्ब रूपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्ब रूपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

सम्बन्धित समाचार