free website hit counter

अभिकर्ता पुनर्ताजगी गर्दै नेशनल लाइफ

beemaadmin
२०७८ भाद्र ७, सोमबार

काठमाडौं । आफ्नो व्यसायलाई चुस्त बनाउँदै स्वस्थ प्रतिस्पर्धाका साथ अगाडि बढाउन नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । कम्पनीको काठमाडौं शाखाले अभिकर्तालाई पुनर्ताजगी गर्ने उद्देश्यले भदौ ४ गते तालिमको आयोजना गरेको थियो ।

काठमाडौं शाखाका प्रमुख जयराम धितालको अध्यक्षतामा तथा रत्न श्रेष्ठको संयोजकमा कार्यक्रम संचालन गरिएको थियो भने उक्त कार्यक्रममा प्रमुख आतिथ्यतामा कम्पनीका क्षेत्रीय प्रबन्धक सुमोद थापा सहभागी रहेका थिए ।
सोही कार्यक्रमको अवसरमा कम्पनीले उपस्थित अभिकर्ताहरुलाई स्वागत गरी सम्मान गरेको थियो । साथै धेरै प्रिमियम संकलन गर्न सफल तीनजना अभिकर्तालाई मायाको चिनो समेत प्रदान गरेको थियो ।

काठमाडौं शाखा प्रमुख धितालले कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीले केही समय अघि बजारमा ल्याएको नयाँ बीमा योजनाको बारेमा जानकारी दिएका थिए । त्यस्तै, कार्यक्रममा संयोजक श्रेष्ठ र प्रमुख अतिथि थापाले अभिकर्ताको मनोबल बढाउने अभिव्यक्ति दिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार