free website hit counter

अर्को साता हुन्छ सिंगटी हाइड्रोको आइपीओ बाँडफाँट

beemaadmin
२०७७ चैत्र १८, बुधबार

काठमाडौं । सिंगटी हाइड्रोपावरले जारी गरेको आइपीओको बाँडफाँट अर्को साता हुने भएको छ। बुधबारसम्ममा आइपीओको प्रि अलटमेन्ट सकेर शुक्रबार बाँडफाँट गर्ने तयारी भएको छ । सिडिएससिको सिस्टममा समस्या आएको कारण बाँडफाँट पछाडि धकेलिएको हो । अर्को सातासम्म पनि सिस्टममा समस्या आइरहेमा आइपीओको बाँडफाँड अझै पर धकेलिनसक्न सक्ने बताइएको छ । कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो जसमा ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन पाउने व्यवस्था थियो। कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९।१६ गुणा भन्दा धेरै हो।

सम्बन्धित समाचार