free website hit counter

आज विमोचित हुँदै छुरा धस्ने बानी रैछ

beemaadmin
२०७८ मंसिर २९, बुधबार

नेपाली काँग्रेसका युवा नेता एवं समाजसेवी अशोक पोखरेलद्वारा निर्मित गीति एल्बम ‘छुरा धस्ने बानी रैछ’ को बुधबार साँझ लोकार्पण गरिँदैछ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक हुन लागेको सो गीति एल्बमको निर्मातामा अशोक पोखरेल रहेका छन् भने गीतको भिडियोमा कलाकारद्वय झरना रिजाल र मोहन नेपालीको जोडदार अभिनय रहेको छ । यस गीतमा चर्चित गायक रामकृष्ण ढकालले स्वर दिएका छन् भने रमेश एमके पौलेलको शब्द रहेको छ ।

यसअघि तीन वटा गीति एल्बम ‘पलपल तिम्रो याद’, ‘पियारी’ र ‘कति राम्री’ साँगीतिक बजारमा छाडिसकेका पोखरको एल्बम ‘छुरा धस्ने बानी रैछ’ चौथो साँगीतिक कोशेली हो । पहिलो एल्बम पलपल तिम्रो यादमा कलाकार सोभित घिमिरे र लजिता सुवेदीको अभियन थियो भने चर्चित गायक राजेश पायल राईको स्वरमा सजिएको थियो । त्यसपछिको दोस्रो कोशेली पियारीमा कलाकार पल शाह र उषा उपे्रतीको जोडदार अभिनय रहेको थियो भने सो गीतमा योगशकाजी र साकिरा घिमिरेले स्वर दिएका थिए । यसैगरी तेस्रो कोशेलीको रुपमा आएको कति राम्रीमा कलाकार पुजा शर्मा र पुष्प खडकाको अभिनय रहेको छ ।

पछिल्लो समय साँगीतिक क्षेत्रमा क्रियाशील पोखरेलले आफू यो क्षेत्रमा आउनुमा साँगीतिक बजारमा नयाँ नयाँ प्रस्तुति दिने र यस क्षेत्रको प्रवद्र्धनका लागि केही गर्ने सोच रहेको बताएका छन् । साँगीतिक बजार पछिल्लो समय साँघुरिँदै गएको अवस्थामा पोखरेलहरु जस्ता निर्माताहरु थपिँदै जाँदा यस क्षेत्रको विकासमा केही टेवा पुग्ने अपेक्षा गरिएको छ ।

पोखरेल विराटनगर जुटमिलका पूर्व अध्यक्ष अध्यक्ष एपेक्स हस्पिटल प्रालि इटहरिका प्रवन्ध निर्देशक हुनुहुन्छ ।

सम्बन्धित समाचार