free website hit counter

असार मसान्तसम्म सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट राख्न निर्देशन

beemaadmin
२०७९ जेष्ठ २०, शुक्रबार

काठमाडौं । यहाँ आवश्यकता भन्दा पनि कमिशन खाइहाल्ने हुटहुटीले काम गर्छ । यातायात क्षेत्रका माफियाहरुको सक्रियतामा यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट राख्न भनेको छ। विभागले शुक्रबार एक सुचना जारी गर्दै असार मसान्तसम्म इम्बोस्ड नम्बरप्लेट राखिसक्न भनेको छ। बागमती र गण्डकीका यातायात कार्यालयहरुबाट इम्बोस्ड नम्बरप्लेट जडानका लागि सबै पूर्वाधार तयार भएको विभागको भनाइ छ। इम्बोस्ड नम्बरप्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ। सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको थियो छ। तर, पूर्ण कार्यान्वयन भएको थिएन।

सम्बन्धित समाचार