free website hit counter

असार १० गतेबाट एनआइसी एशिया लघुवित्तकाे आइपीओ निष्काशन

beemaadmin
२०७७ असार ३, बुधबार

काठमाडौं । लगातारको लकडाउन र कोरोना महामारीसँगै एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले असार १० गतेबाट सर्वसाधारणमा आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। लघुवित्तले एक सय रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। कुल निष्काशनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ। बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सर्बसाधारणमा निष्काशन गरिने छ। यो लघुवित्त क्षेत्रको हालसम्मकै सबै भन्दा आईपीओ हो । हाल सम्म कुनैपनि लघुवित्त कम्पनीहरुले यस रकम बराबरको आईपीओ निष्काशन गरेका छैनन्। लघुवित्तले जारी गर्न लागेको आइपिओमा सर्बसाधारणले कम्तिमा १० कित्ता र बढीमा २ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन गर्न सक्ने छन्। लघुवित्तले निष्काशन गर्न लागेको आइपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने छ। साधारण शेयर निष्काशनका लागि लघुवित्तले गराएको रेटिङ्गमा केयर रेटिङ्गस नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ्ग दिएको छ । बलियो संस्थागत संस्थापक, दक्ष सञ्चालक समिति तथा व्यवस्थापन समूह र स्थापनाको छोटो अवधिमा व्यवसाय विस्तारले लघुवित्तको रेटिङ्गमा सकारात्मक प्रभाव पारेको केयरले उल्लेख गरेको छ । लघुवित्तको आइपीओमा आवेदन दिन चाहानेहरुले छिटोमा असार १४ गते र सो अवधिमा सबै शेयर बिक्री नभए असार २४ गतेसम्म आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ। लघुवित्तको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पुर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकीएका शाखा कार्यलयबाट आवेदन गर्न सकिने छ।

सम्बन्धित समाचार