free website hit counter

असार २४ गतेदेखि युनियन लाइफको आइपिओ जारी

beemaadmin
२०७८ असार १६, बुधबार

काठमाडौं । शेयर बजारमा अर्को आइपीओ जारी हुने भएको छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ३२ हजार २५० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी २ अर्ब १५ करोडको ३० प्रतिशत सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो । उक्त ३० प्रतिशत मध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामुहिक लगानीकोषका लागि सुरक्षित गरेको छ । सर्वसाधारण समुह तर्फको ६४ करोड ५० लाख रुपैयाँ मध्ये कर्मचारी र सामुहिक लगानीकोषलाई छुट्टाएर बाँकी रहेको ५८ करोड ५ लाख रुपैयाँ सर्वसाधारण लगानीकर्ताले प्राप्त गर्ने छन् । न्युनतम १० कित्ताका दरले बाँडफाँड हुँदा कम्पनीको प्राथमिक शेयर ५ लाख ८५ हजारले १० कित्ताका दरले पाउने देखिन्छ । कम्पनीको प्रमुख शेयरधनीहरुमा शेखर गोल्छा, साहिल अग्रवाल, सुलभ अग्रवाल, सन्दिप कुमार अग्रवाल, शरद कुमार टिवरेवाला रहेका छन् ।

सम्बन्धित समाचार