free website hit counter

असार ६ गतेदेखि १२ गतेसम्म

beemaadmin
२०७७ असार ६, शनिबार

असार ६ गते विश्व शणनार्थी दिवस ।

७ गते खण्डग्रास सूर्य ग्रहण , विश्व संगित दिवस ।

९ गते अन्तराष्ट्रिय एकल महिला दिवस ।

सुर्य ग्रहण हेर्न मिल्ने राशिहरु : मेष राशि , सिंह राशि , मकर राशि ।
सुर्यग्रहण स्पर्श : बिहान : १०:५० बजे । मध्य : दिनको १२ : ३८ । मोक्ष : दिनको २ :२३ बजे ।


मेष : खराव मनसाय भएकाबाट टाडा रहनुमा नै आफनो कल्याण हुनेछ । सोचे जस्तो लाभ हासिल गर्न थप केही समय कुर्नु पर्ने अवस्था छ । वैदेशिक अवसरका निम्ति केही समय कुर्नु पनेछ । मौसम प्रतिकुल हुन सक्छ स्वास्थप्रति सचेत रहनुहोला ।

वृष : आयआर्जन सम्बन्धि व्यवहारले सताउन सक्छ । योग,ध्यान गर्दा शारिरिक एवं मानसिक कुभावनाहरु स्वतः हटेर जानेछ । आफु भित्र भएको स्वाभाव परिवर्तन गरी समय अनुकुल चल्न सके आर्थिक पक्ष सवल हुदै जानेछ । खानपानमा विशेष ध्यान दिनु पर्नेछ ।

मिथुन : आफनो प्रतिष्ठासगँ जोडिएर कार्यक्षेत्रमा नयाँ चुनौति देखा पर्न सक्छ , सावधान रहनुहोला । टाडा रहेका साथीहरुसगँ बिग्रिएको सम्बन्ध पुनः स्थापित हुनेछ । खर्च वृद्धि हुने परिस्थिती आइलाग्न सक्छ , आर्थिक जोह गर्न ध्यान पु¥याउनु होला । बहुमुल्य धातु तथा विलासी साधन खरिद गर्दा होशियारी अपनाउनुपर्नेछ ।

कर्कट : इष्टमित्र तथा आफन्तले तपाईबाट अनुचित फाइदा उठाउने प्रयास गर्न सक्छन कम बोल्दा उपयुक्त हुनेछ । असाहय तथा असक्तहरु प्राति सकरात्मक भावना पैदा भै सेवा मुलाक कार्यहरुमा समय खर्चीनु पर्ने हुन्छ । सेतो रंगको प्रयोगले मानशिक तनाबमा सहजता महशुस हुनेछ ।

सिंह : पारिवारीक जिम्मेवारीले मन पिरोल्न सक्छ । व्यवसाय सञ्चालनमा अवरोध तथा कठिनाई हुदा आर्थिक समस्या आउनेछ । उच्च शिक्षाको निम्ती ढिलो निर्णय गरि रोजेको विषयले सही बाटो देखाउनेछ । साताको अन्त्यमा ससाना बाधा आइपर्न सक्छ , सुर्य देवको आराधना गर्नले राहत महशुस हुनेछ ।

कन्या : सामाजीक सञ्जालमा परिचित नयाँ मित्रबाट अपेक्षा गरेभन्दा बढि सहयोग मिल्नेछ । सामन्य खटपट भएपनि व्यवसायिक क्षेत्रमा गरिएको निर्णलाई परिवारले अनुमोदन गराउनेछन । परिस्थितीलाई वेवास्था गरियो भने संकट निम्तिन सक्छ । साताको अन्तयमा समय अनुरुप स्वास्थको ख्याल गर्नु पर्नेछ ।

तुला : व्यवसायमा उत्तरचढाव आएपनि मुनाफ आर्जन गर्न केही समय लाग्नेछ । व्यपार तथा व्यवसायमा सोचेजस्तो सफलता नमिल्न सक्छ । सहयोगी पात्रहरुको हातहरु तपाईप्रति अघि बढिरहेका छन । निलो रंगको प्रयोग तथा शनि देवको आरधनाले सगँसगै गर्न सके समस्याबाट मुक्त भइनेछ ।

वृश्चिक : कम बोली धैर्यधारण गर्न सके ससाना झन्झटबाट उन्मुक्ति पाइनेछ । नातादारको बचन परिवर्तनले आर्थिक हैरानी व्यहोर्नु पर्ने हुन सक्छ । आफुले मन पराएको साथीको भावना कदर गर्नु उचित हुनेछ । खराब आचरण र संगतबाट टाडै रहदा आफनो कल्याण हुनेछ ।

धनु : सल्लाह वेगर आफनो निर्णयले आर्थिक कारेबार गर्दा अप्ठ्यारो पर्न सक्छ । केही समय रोकिएर र्धैयता पूर्वक गरिएका कार्यले उचाइमा पुग्न सहजता हुनेछ । सामान्य स्वास्थ बाधा भएपनि जल एवं फलको सेवनले स्वास्थ अनुकुल बनाउन सकिनेछ । सप्ताहन्तमा दुविधाका बिच उपयुक्त मार्ग पहिल्याइनेछ ।

मकर : समकक्षीको सुझाव अनुशरण गर्दा विशेष फाइदा हात लाग्न सक्छ । सामाजिक सक्रियतामा सहभागी हुदाँ परिवारकै प्रतिष्ठा वृद्धि हुनेछ । व्यवसायमा लगानी गर्न आग्रह गर्नेछन । आफना भित्रि योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफु सुरक्षित भइनेछ ।

कुम्भ : सहयोगको नाटक गर्ने लोभी एवं स्वार्थी साथीहरुका कारण मन खिन्न रहनेछ । समय अनुरुप काममा ढिलासुस्ती गर्दा आफनो हुनेछ । असहज परिस्थितिबाट उम्कन अपेक्षा भन्दा बढी मेहनत तथा समय दिनु पर्नेछ । साताको अन्त्यमा बाहिरी वातावरण अनुरुप चल्न सके फाइदा नै होला ।

मीन : हितैषिसगँ सुझाव संकलन गरि अघि बडे आफु सुरक्षित भइनेछ । आफनो सहयोगी भावनालाई अरुले प्रशंसा गर्दा आफु उचाइमा पुगिनेछ । साथीहरुले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन । वातावरणीय हेरफेरमा स्वास्थ प्रतिकुल हुन सक्छ संयम रहनुपर्नेछ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार