जनकपुर । कोरोना संक्रमण नियन्त्रण गर्ने सरकारको अभियानलाई आम नागरिकले खासै सहयोग गरेको पाइँदैन । बिनाकाम लकडाउन उल्लंघन गर्नेको संख्या त कति छ कति । हुँदा हुँदा कोरोना संक्रमित भएर उपचारका लागि अस्प्तालमा राखिएकाहरुलाई समेत सुरक्षा गार्ड राख्नुपर्ने अवस्था आएको छ । प्रादेशिक अस्पताल जनकपुरधामबाट एक कोरोना संक्रमित व्यक्ति फरार भएका छन् । आइतबार बिहानै आईसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए । सर्लाहीका ती ४० वर्षिय संक्रमित व्यक्तिको मानसिक सन्तुलन गुमेको र पटक–पटक भाग्ने प्रयास समेत गर्दै आएका थिए ।
उनी झ्याल तोडेर फरार भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । उनको हाल खोजी भइरहेको छ । अहिले विशेष कोभिड अस्पतालको आईसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० भन्दा बढी उपचाररत छन् ।