free website hit counter

आइएमई लाइफद्वारा उपचारका लागि झण्डै २४ लाख बीमा दाबी भुक्तानी

beemaadmin
२०७८ श्रावण २३, शनिबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितलाई प्राण घातक स्वास्थ्य समस्या देखिएपछि उपचार बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मकवानपुरका बीमित हिमाल पौडेललाई बीमा वापत २३ लाख ७६ हजार ८ सय ४० को चेक हस्तान्तरण गरिएको हो । काठमाडौंको मेडिसिटीमा उपचारत पौडेललाई क्यान्सर देखिएपछि उपचारका लागि सो रकम हस्तान्तरण गरिएको हो । मंसिर १७ गते हिमाल पौडेलको २५ लाख बराबरको जिवन बीमा गरेका थिए । यो जिवन बीमा अन्तरगत २१ वटा प्राणघातक रोगबाट जोखिम युक्त धनसरिता जीवन बीमा रहेको थियो । उक्त कार्यक्रममा कम्पनीका सिईओ कवि फुयाँल, एजेन्सी विजनेश प्रमुख कर्मराज पौडेल, प्रदेश २ का कम्पनीका प्रमुख रविशंकर सरार्फ, हेटौंडा शाखा प्रमुख सुमन घिमिरे, वरिष्ठ एजेन्सी म्यानेजर योग्यराज सापकोटा, मार्केटिङ म्यानेजर केबल बानियाँ लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार