free website hit counter

आइएमई लाइफद्वारा २० लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ असार ९, बुधबार

काठमाडाैं । जीवन बीमामा दाबी भुक्तनीका झन्झट हट्दै गएका छन् । बीमितको मृत्यु भएमा दाबी परेको केही समयमै भुक्तानी हुन थालेको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको मृत्युपछि १३ दिनको काम सकिएसँगै आश्रित परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखा कार्यलायाले २० लाख २६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । कोहलपुर ५, बाँकेका लक्ष्मणकुमार थापाको बैशाख २२ गते कोरोना संक्रमणका कारण ज्यान गएको थियो । कम्पनीले थापाकी श्रीमति हिमा न्यैपानेलाई बीमा रकम हतान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा आईएमई लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुखले कम्पनीका सबै काम डिजिटल माध्यममाबाट हुने कुरा जानकारी गराउँदै आउँदो दिनमा अनलाईनको माध्यमबाट घरैबाट भुक्तानी हुने व्यवस्था हुने बताएका थिए ।

सम्बन्धित समाचार