काठमाडौं । आफ्ना बीमितलाई प्राणघातक रोग लागेपछि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख बराबरको घातक रोग बीमाङ्क रकम भुक्तानी गरेको छ । कम्पनीले प्रदेश ३ हेटौडा शाखा कार्यालयबाट आइएमई धन सरिता ९वार्षिक अग्रिम भुक्तानी सावधिक० जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षा वरण समेत हुने गरी बीमाङ्क रकम २५ लाख बराबरको बीमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त रकम भुक्तानी गरेको हो ।
बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षा वरण हुने बीमालेख योजना ल्याएको छ ।