काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६÷०७७ को नाफाबाट ७.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । जुन अघिल्लो दुई वर्षयताकै उच्च लाभांश हो ।
फागुन ४ गते बसेको कम्पनी सञ्चालक समितिको गत आवको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर वापत ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ रहेको छ । प्रस्तावित ७ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ पुग्ने छ । संस्थाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट सेयरधनीलाई ६.३१ प्रतिशत र आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ५ प्रतिशत लाभांश वितरण गरेको हो ।