free website hit counter

आजदेखि सानिमा लाइफको आइपीओमा आवेदन

beemaadmin
२०७८ श्रावण २०, बुधबार

काठमाडौं । आजदेखि सानिमा लाइफको आइपीओमा आवेदन दिन सकिने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट प्राथमिक शेयर (आइपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले रु १०० अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
बाँकी ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको छ । उक्त आइपीओमा न्युनतम १० किताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ । आईपीओमा साउन २४ गते बैंकिङ समयसम्म आवेदन गर्न सक्नेछन् । सो समय अवधिमा विक्री नभएमा आवेदकले भदौ २ गते बैंकिङ समयसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको र ६० करोड बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब हुन्छ ।

सम्बन्धित समाचार