काठमाडौं । सर्वसाधारणका लागि खुलेको सानिमा लाइफ इन्स्योरेन्सको शेयर आजबाट धितोपत्र बजारमा खरिद बिक्रि गर्न सकिने भएको छ। बुधबार नेप्सेमा सूचीकृत भएसँगै बिहीबारबाट कारोबारमा आउन लागेको हो । यो कम्पनीको १ सय रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेले यो कम्पनीलाई ‘एसएलआई’ संकेत प्रदान गरेको छ भने पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३.१७ रुपैयाँदेखि अधिकतममा ३०९.५१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ।