काठमाडौं । कोरोना कहरका कारण उत्पन्न भएको असहज परिस्थितिका कारण देशभर जुनसुकै बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम मेसिनमा छिराउँदा पैसा पैसा नलाग्ने बनाइएकोमा आजबाट अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क लाग्ने पुरानो नियम कायम भएको छ । अन्य कुनै पनि बैंकको खातावालाले आफ्नो बैंकसँग कारोबार गर्दा अतिरिक्त शुल्क लिने कि नलिने भन्ने अधिकार स्वयम् बैंकको जिम्मा आएसँगै शुल्क लाग्ने पक्का भएको हो । अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क लिने कि नलिने भन्ने निर्णयको अधिकार सोही बैंकलाई जिम्मा लगाइएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले रातोपाटीलाई जानकारी दिए । नेपाल बैंकर्स संघ डेभलपमेन्ट बैंक एशोसिएसन र नेपाल वित्तीय संस्था संघले बुधबार एक विज्ञप्ति जारी गर्दै शुल्क लिने नलिने निर्णय सम्बन्धित बैंक वित्तीय संस्थालाई जिम्मा दिइएको जनाएको छ । योसँगै भोलि श्रावण १ गतेबाट अन्तर बैंकिङ् कारोबार गर्दा अतिरिक्त शुल्क लाग्न सक्ने छ । जस अन्तरगत एक बैंकको खातावालाले अर्को बैंकको एटिएम बुथबाट पैसा झिक्दा, मोबाइल बैंकिङमार्फत रकम ट्रान्फर गर्दा वा क्रेडिट कार्ड प्रयोग गर्दा अतिरिक्त पैसा लाग्नेछ । तर यो निर्णय बैंकको आफ्नै निणर्यमा छाडिएकाले सबै बैंकहरुले अतिरिक्त शुल्क नलगाउन पनि सक्छन् ।