free website hit counter

आजै नयाँ मन्त्रीहरुको नियुक्ति र सपथ

beemaadmin
२०७६ मंसिर ४, बुधबार

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । सो प्रयोजनका लागि पार्टीको सचिवालय बैठक मध्यान्ह १२ः०० बजे राखिएको छ । यसअघि बसेको बैठकले मन्त्रिमण्डल पुनर्गठनको सम्पूर्ण प्रधानमन्त्रीलाई दिएको थियो । तर प्रधानमन्त्री ओलीले आफूखुशी मन्त्रिमण्डल पुनर्गठन गर्दा एकलौटी गरेको आरोप लाग्ने भएका कारण पुनः सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठकमा अध्यक्षद्वयले तयार पारेको हटाइने र भित्रिने मन्त्रीहरुको सूचिमाथि सचिवालय सदस्यहरुबाट सहमति लिने प्रयास गरिने बताइएको छ ।

बैठकपछि लगत्तै प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठनको घोषणा गर्ने र सम्भवतः आजै नयाँ मन्त्रीहरुको सपथ ग्रहण हुने बताइएको छ । मन्त्रिमण्डलमा अहिले रहेका आधा भन्दा बढी दोहोरिने छन् भने करिब १० जना मन्त्रीहरु हटाइने सूचिमा परेका छन् । हटाइने मन्त्रीहरुमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमिसुधार तथा सहकारी मन्त्री पद्मा अर्याल, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापामगर, भौतिक योजना निर्माण तथा यातायातमन्त्री रघुवीर महासेठ, वनमन्त्री शक्ति बस्नेत, कानुमन्त्री भानुभक्त ढकाल, अर्थमन्त्री डा. युवराज खतिवडा र श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट रहेका छन् ।

स्रोतकाअनुसार मन्त्रिमण्डलमा जिम्मेवारी हेरफेर गरेर भए नि दोहोरिने मन्त्रीहरुमा उपप्रम तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जा तथा जलश्रोतमन्त्री वर्षमान पुन, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा, खानेपानीमन्त्री बिना मगर लगायतका छन् । नयाँ मन्त्री बन्नेहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, उपसभामुख शिवमाया तुम्बाहाम्फे, छविलाल विश्वकर्मा, महेश बस्नेत, पम्फा भूसाल, देवेन्द्र पौडेल, प्रभु साह, लेखराज भट्ट, ऋदयेश त्रिपाठी लगायत रहेका छन् ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार