free website hit counter

आज आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा, यी हुन् एजेन्डा

beemaadmin
२०७८ बैशाख १२, आईतवार

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २३औं वार्षिक साधारण सभा आज हुँदैछ । चैत २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले तोकेको मितिअनुसार आज केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभामा शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली आवश्यक संशोधन गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा पेश हुने कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारिर हुनेछ । आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने एजेण्डा छन् ।

त्यसैगरी सभामा कम्पनीको जारी प्रँजीको अनुपात संस्थापक शेयरधनी समुहतर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनीतर्फ ४० प्रतिशत रहेकोमा अब संस्थापक समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत कायम गर्ने गरी प्रवन्धपत्र संशोधन गर्ने रहेको प्रस्ताव रहेको छ । साथै, सभामा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने ।

सम्बन्धित समाचार