free website hit counter

आज दोस्रो दिन पनि सुनको मूल्य उकालो

beemaadmin
२०७९ असार ३, शुक्रबार

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर दोश्रो दिन पनि महंगिएको छ । साताको अन्तिम कारोबार दिन, सुन तोलामा ५०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले असार ३ गते, चाँदी तोलामा १० रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ पुगेको छ । यसैगरी, आज तेजाबी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन पनि सुनको मूल्य बढोत्तरी भएको थियो । त्यस दिन सुन प्रतितोला ८०० रुपैयाँले उकालो लागेर ९७ हजार ३०० रुपैयाँ तोकिएको थियो । शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । आज प्रतितोला एक हजार २७५ रुपैयाँमा किनबेच हुँदैछ । बिहीबार पनि चाँदीको मूल्य २० रुपैयाँले महंगिएर प्रतितोला एक हजार २६५ रुपैयाँ पुगेको थियो ।

सम्बन्धित समाचार