free website hit counter

आज पनि घट्यो सुनको भाउ

beemaadmin
२०७९ बैशाख २०, मंगलवार

काठमाण्डौ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार