free website hit counter

आज पनि घट्यो सुनको मूल्य

beemaadmin
२०८२ श्रावण ११, आईतवार

काठमाडौं । नेपाली बजारमा साउन ११ गते, आईतबार सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघकाअनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला तीन दिनदेखि सुनको मूल्य निरन्तर घट्दो क्रममा रहेको छ । यस दिन चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । आज अर्थात आईबारको बजारमा चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँ खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार