free website hit counter

आज फेरि प्रधानमन्त्री अस्पतालमा

beemaadmin
२०७६ कार्तिक १७, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतवार फेरि अस्पताल जानुभएको छ । डायलोसिसका लागि उहाँ बिहान ९ बजे धापासीस्थित ग्राण्डी अस्पताल जानुभएको हो । अस्पतालबाट फर्किएपछि मन्त्रिपरिषद् बैठक समेत बोलाइएको छ । मिर्गौलामा समस्या देखिएपछि बुधबार प्रधानमन्त्री ओली अस्पताल भर्ना भई बुधबार र बिहीबार डायलोसिस गरेपछि बिहीहीवार साँझ बालुवाटार फर्किनुभएको थियो ।

शनिबार बसेको नेकपाको सचिवालय बैठकमा समेत प्रधानमन्त्री ओलीले मिर्गौलाले राम्रोसँग काम नगरेको जानकारी गराउनुभएको थियो ।  प्रधानमन्त्री ओलीले बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाउनुभउको छ । बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई आफ्नो स्वास्थ्यका बारेमा व्रिफिङ गर्ने छन् ।

यसअघि हिजो बसेको नेकपा सचिवालय बैठकमा पनि प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्था, उपचार बारेमा व्रिफिङ गरेका थिए । आजै नेकपाको सचिवाल बैठक पनि बस्ने र उपनिर्वाचनाका लागि उम्मेदवार टुंगो लगाउने तय भएको थियो । शनिवार बसेको बैठकले उम्मेदवारको टुंगो नलगाएका कारण आज बस्ने बैठकले यसबारे निर्णय गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

सेफ सन्तोष साह पक्राउ काण्ड के हो?

beemaadmin
२०८३ जेष्ठ ३०, शनिबार

तोलामै पाँच हजारले बढ्यो सुन

beemaadmin
२०८३ जेष्ठ २९, शुक्रबार