free website hit counter

आठ सय मूल्य बढ्दा कति पुग्यो सुन ?

beemaadmin
२०७९ असार २, बिहीबार

काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोल फाइन गोल्ड ९६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार २६५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार