free website hit counter

आपत विपद्का सारथी चौधरी

beemaadmin
२०७७ बैशाख १०, बुधबार

काठमाडौं । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले लगातार लकडाउन घोषणा गरेपछि विभिन्न जिल्लाबाट राजधानी काठमाडौं आइ बसोबास गरेका श्रमिक तथा मजदुरहरु समस्यामा पर्दै आएका छन् । दैनिक ज्यालादारीबाट गुजारा चलाउँदै आएका श्रमिक तथा मजदुरहरु लकडाउनका कारण दैनिक गतिविधि नै रोकिएपछि खानाकै समस्यामा परेका छन् । विचल्लीमा परेका नागरिकहरुलाई सरकारी स्तरबाट राहत वितरण कार्य प्रभावकारी नभएपछि जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाहरु राहत वितरणमा अगाडि आएका छन् । यसै सिलसिलामा सप्तरी क्षेत्र नं. ४ बाट निर्वाचित माननीय सांसद एवं काँग्रेस नेता तेजुलाल चौधरीले आफ्ना क्षेत्रका मात्रै होइन आफूसँग सम्पर्कमा आएका विभिन्न जिल्लाका काठमाडौंंमा बसोबास गर्ने नागरिकहरुलाई राहत वितरण गर्ने र घर फर्किन चाहने नागरिकहरुलाई गन्तव्यमा पुर्याउने काम गर्दै आएका छन् । अहिलेसम्म करिब ७ सय परिवारलाई खाद्यान्न वितरण गरिसकेका चौधरीले आफ्नै लगानीमा सप्तरीका पाँच स्थानीय तह र जिल्लालाई स्वास्थ्य सामग्री वितरण गरेका छन् । यस्तै एम्बुलेन्स चालकको व्यक्तिगत सुरक्षाका लागि पीपीई वितरण गरेका छन्् । त्यस्तै जिल्ला फर्किन चाहने श्रमिक तथा मजदुरहरुमात्र होइन अन्य जुनसुकै जिल्लावासी नागरिकलाई गाडीको व्यवस्थापन गरेर गन्तव्यमा पुर्याउने काम चौधरीले गरिरहेका छन् । हालसम्म करिब ७ सय भन्दा बढी नागकिरहरुले यो सुविधा लिइसकेका छन् । बुधबार बिहान मात्रै पनि २ सय ४० जनालाई गन्तव्यमा पठाएको बताउँदै चौधरीले आफ्नो सम्पर्कमा आएकाहरुलाई राहत वितरण गर्ने कार्यलाई जारी राख्ने बताए । उनको यो कार्यप्रति सप्तरी जिल्लावासी मात्रै होइन, अन्य जिल्लाका नागरिकहरुले समेत मुक्त कण्ठले प्रससा गरेका छन् । विपद्को बेला सधैं अग्रपंक्तिमा देखिने चौधरीको यो अभियान अन्य जनप्रतिनिधिहरुका लागि पनि मार्गदर्शक बन्नसक्छ ।

सम्बन्धित समाचार