free website hit counter

आमा गुमाएको १३ दिनको शिशुसहित सबै परिवारको रिपोर्ट नेगेटिभ

beemaadmin
२०७७ जेष्ठ ५, सोमबार

काभ्रे । जन्मिएको ११ औं दिनमै आमाको काख गुमाएको शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चे चालिसेगाउँमा आइतबार स्वाब संकलन गरिँदै। यही गाउँकी एक महिलाको कोभिड–१९ संक्रमणले मृत्यु भएपछिआइतबार उनका परिवारजन र छिमेकीको स्वाब संकलन गरिएको थियो । सामान्यता ४ घण्टा आउने परीक्षणको नतिजा आउन ढिलाइ हुँदा आइसोलेसनमा रहेका उनीहरु ४८ घण्टादेखि तनावमा थिए ।शिशुलाई ल्याक्टोजिन खुवाएर राखिएको छ ।
नतिजा नेगेटिभ आएपछि १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यलयको समन्वयमा पठाउन लागिएको जिल्ला कमाण्ड पोस्टका सदस्यसमेत रहेका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिए ।

सम्बन्धित समाचार