काठमाडौं। भदौ १७ गतेदेखि खाली रहेको उद्योग विभागको महानिर्देशकमा जीवनप्रकाश सिटौला नियुक्त भएका छन्। उद्योग मन्त्रालयले सिटौलालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाएको हो । यसअघि महानिर्देशकमा विनोदप्रकाश सिंह कार्यरत थिए। उनी प्रदेश तीनमा सरुवा भएपछि महानिर्देशक पद खाली थियो।
वैदेशिक लगानी र उद्योग सम्बन्धी विषय विभागले हेर्ने भएकोले महानिर्देशक महत्वपूर्ण पदको रुपमा लिने गरिन्छ। सिटौलाले बुधबारबाटै कार्यभार सम्हालिसकेका छन्। सिटौला यसअघि सम्पत्ति शुद्धिकरण विभाग र प्रदेश १ को अर्थमन्त्रालयमा काम गरिसकेका छन्।