free website hit counter

उपकार लघुवित्तले पायो आईपीओ निष्कासनको अनुमति

beemaadmin
२०७८ चैत्र ९, बुधबार

काठमाण्डौ । शेयर बजार सुस्ताएको बेला आइपीओ थपिनेक्रम जारी छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले चैत ७ गते उपकार लघुवित्तलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनको अनुमति पाएसँगै अब यो लघुवित्तले २ करोड ६६ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ।
संस्थाले १०० अंकित दरका कुल २ लाख ६६ हजार २५० कित्ता आईपीओ जारी गर्नेछ। संस्थाको यो आईपीओ चुक्तापुँजीको ३६ प्रतिशतबराबरको हुनेछ। संस्थामा ६४ प्रतिशतले हुन आउने ३ लाख ९० हजार कित्ता संस्थापक समूहको रहेको छ। यो आईपीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

सम्बन्धित समाचार