free website hit counter

उपासनाले बनाइन् इतिहास, बीमा क्षेत्रको पहिलो महिला सिइओ

beemaadmin
२०७८ बैशाख १९, आईतवार

काठमाडौं । बीमा क्षेत्रको पहिलो सिइओको इतिहास ३४ वर्षकी उपासना पौडेलले बनाएकी छिन् । युनाइटेड इन्स्योरेन्स कम्पनीको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौडेललाई नियुक्त गरिएको हो । योसँगै पौडेल बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत बनेकी हुन् । पौडेलको यस क्षेत्रमा एक दशकभन्दा बढी कार्यानुभव रहेको छ ।

छिमेकी मुलुक भारतको श्री दिल्ली विश्वविद्यालयबाट एम।बि।ए सम्मको अध्ययन पुरा गरेकी उनले भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् । उहाँको कार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उहाँलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो, कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार