free website hit counter

एकल बीमालेख तीन वर्षसम्म त्याग्न नपाउने व्यवस्था

beemaadmin
२०७७ चैत्र २७, शुक्रबार

काठमाडौं । बीमा व्यवसायको नियमनकारी निकाय बीमा समितिको नेतृत्व सूर्य प्रसाद सिलवालले सम्हालेपछि बीमा व्यवसयालाई स्वस्थ प्रतिस्पर्धाका साथ अघि बढाउँदै त्यहाँभित्रका विकृतिहरुको छिद्रा केलाउन थालेका छन् ।

विभिन्न समिति बनाएर होस् वा बीमकहरुलाई बोलाएर होस् निर्देशन दिने र नीति नियमभित्र बाँधिन आग्रह गर्ने मात्र होइन कडा रुपमा लाग्न समेत निर्देशन दिने काम समितिले गर्दै आएको छ ।

यही सिलसिलामा बीमा समितिले एकल बीमालेखमा थप कडा व्यवस्था गरेको छ । समितिले जीवन बीमा कम्पनीहरुलाई सर्कुलर नै जारी गर्दै एकल बीमालेखहरु तीन वर्षसम्म त्याग (सरेन्डर) गर्न नपाउने व्यवस्था गरेको हो ।

यस्तै तीन वर्षसम्म बीमालेख धितोमा कर्जा दिन नपाउने पनि व्यवस्था गरेको छ । समितिले एकल बीमाशुल्क भुक्तानी गर्ने गरी जारी भएका बीमालेखहरु अन्तर्गत बीमा शुरु भएको मितिबाट ३ वर्ष पुरा भएपछि मात्रै समर्पण मूल्य तथा बीमालेख धितोमा कर्जा प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

एकल बीमालेखले बीमा क्षेत्रमा विकृति बढेको भन्दै चौतर्फी गुनासो बढेपछि समितिले त्यस्तो बीमा लेखमा थप कडाइ गर्दै उक्त निर्देशन दिएको हो । समितिको यो निर्देशनले एकल बीमामा हुने बिकृति हट्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार