काठमाडौं । कोरोना कहरले बसै व्यापार व्यवसाय ठप्प भएको बेला कुरियर व्यवसायीहरूको छाता संगठनन नेपाल कुरियर सेवा सघं (कोषान) ले २०७७ भाद्र महिनाको पहिलो साता सम्पूर्ण कुरियर व्यवसाय सट डाउन गरिने एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ । कोषानका अध्यक्ष गोविन्द ढुङ्गेलकाअनुसार राज्यलाई कर असुलीमा मात्र निजी क्षेत्रको सहकार्य चाहिने तर त्यही व्यवसायी र आश्रित कर्मचारीको स्वास्थ्य परीक्षणमा सरकार जिम्मेवार नहुने रवैया प्रति दुःख व्यक्त गरेका छन् । निजी क्षेत्रबाट सञ्चालित सबै कुरियर सेवा भ्याटमा दर्ता भई सरकारलाई प्रत्यक्ष सहयोग गरिरहेका छन् । तर यसको बाबजुद पनि निजी क्षेत्र अपहेलनको सिकार भएको उनले आरोप लगाएका छन् । यस क्षेत्रले वाणीज्यलाई चलायमान राख्न कठिन समयमा सहयोगी बन्न प्रतिबद्ध छ । तर अप्ठ्यारो परिस्थितिमा सरकारले अभिभावकत्व बिर्सेको छ ।
कोषानका महासचिव सञ्जय मण्डलले सरकारी स्वास्थ्य प्रोटोकललाई पछ्याउँदै गरिएको सटाउन अवधिभर आधा कर्मचारीबाट मात्र सेवा उपल्वध गराइने जानकारी दिए । संस्थाका कोषाध्यक्ष राजकुमार सामरीले कोषानको यस निर्णयबाट बैङ्क, बीमा लगायतका अत्यवशकीय क्षेत्रका व्यवसायीक डकुमेन्ट समयमा डेलिभरी नहुँदा प्रत्यक्ष असर पर्नेछ, त्यसको जिम्मा सरकारले लिनु पर्ने बताए, किनकि कुरियर सेवा सञ्चालन सहज बनाउन सरकारी सहकार्य शून्य छ ।
यस विषयमा अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गाना सँग जिज्ञासा राख्दा सरकारले कोरोना उपचार निःशुल्क गरेको बताएका छन् । जनताको जिउ धनको सुरक्षामा निजी क्षेत्रले सघाउनु पर्दछ । जस अन्तर्गत सामाजिक उत्तर दायित्व निर्वाह गर्दे कर्मचारीको सामूहिक एक लाख सम्मको बिमा उपकरण प्रयोगमा ल्याउन सक्दछन् । त्यसको प्रिमियम मात्र ६००÷– तोकिएको छ, जसको आधा प्रिमियम शुल्क सरकारबाट व्यहोर्ने नीतिबाट सरकार पछि नहटेको बताएका छन् । आर्थिक क्रियाकलापले गति नपाए पनि चालु आ।व को पहिलो महिनाको ६९ अर्व को लक्षित राजस्व असुल हुने उनले बताएका छन् ।