free website hit counter

एक साता जाने भो लकडाउन

beemaadmin
२०७७ बैशाख १३, शनिबार

काठमाडौं । नेपाल कोरोना संक्रमणको अति जोखिमबाट उच्च जोखिममा झरेको छ । संक्रमित थपिनेक्रम पनि घटेको छ भने उपचाररत संक्रमितहरु पनि एकपछि अर्को कोरोनालाई पराजित गरि घर फर्किने क्रममा रहेका बेला उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । यद्यपि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो । त्यसलगतै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिएको छ । त्यसपछि अर्को मोडलमा जान सकिने बताइएको छ । त्यही राय बोकेर समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु बालुवाटार पुगेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यदलको राय र बैठकमा आएका विकल्पहरुबारे ब्रिफिङ गर्नेछन् ।

सम्बन्धित समाचार