free website hit counter

एनएमबिले बनाउने भयो अब तपाईंकोघर, ५ बर्षसम्म फिक्स्ड ब्याजदर

beemaadmin
२०७८ श्रावण २३, शनिबार

काठमाडौं । ऋण लिन आउँदा आकर्षक कुरा गर्ने तर किस्ता बुझाउन आउँदा अर्कै ब्याजदर कायम हुने अवस्थाको अन्त्य गर्दै एनएमबि बैंक लिमिटेडले प्रति वर्ष ८.५० प्रतिशत फिक्स्ड ब्याजदरमा घर कर्जा प्रवाह गर्ने सुनिश्चितता गरेको छ । निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ बर्ष सम्म एउटै ब्याजदर रहने तथा २५ वर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ । फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रति वर्ष ७.९९ प्रतिशत मै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गहरुले डेरा भाडा तिर्ने पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पुरा गर्न यस योजनाले सघाउ पु¥याउने विश्वास बैंकको छ ।

सम्बन्धित समाचार