काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको बिहीबार सम्पन्न १५औँ वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांश पारित भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न भएको सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने १० करोड ९६ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने करको लागि ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार रुपैयाँ नगद लाभांश पारित गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५०० रुपैयाँ छ । शेयरधनीलाई बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ पुग्नेछ । सभाले आर्थिक वर्ष २०७६र७७ को प्रतिवेदन छलफल गरी पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल लगायतका प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ मा ६४ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरी २६ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।