काठमाडौं । आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर दिने घोषणा एनएलजी इन्स्योरेन्स कम्पनीले गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिले एनएफआरएस अनुसार तयार भएको वित्तीय विवरण पारित गर्दै स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको छ । बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०६६ अनुसार कम्पनीको मुनाफा २६ करोड ५५ लाख रुपैयाँ रहेको छ ।