free website hit counter

एनसेलले बुझायो ४ अर्ब ६० करोड कर

beemaadmin
२०७६ चैत्र १८, मंगलवार

काठमाडौं । कम्पनीको स्वामित्व परिवर्तन हुँदा सिर्जना भएको पुँजीगत लाभ बापतको बक्यौता कर कम्पनीले ठूला करदाता कार्यालयमा बुझाएको हो। ठूला करदाताकार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीका अनुसार एनसेलले आज ४ अर्व ६० करोड रूपैयाँ बुझाएको हो।
सर्बोच्च अदालतले एनसेलले २१ अर्ब १० करोड रूपैयाँ तिर्नुपर्ने फैसला गरेको थियो। त्यसमध्ये ४ अर्ब ५० करोड पुसमै बुझाएको थियो। कम्पनीले हालसम्म कूल १४ अर्ब १० करोड कर बुझाइसकेको छ। कम्पनीले किस्ताबन्दीमा कर तिर्ने सुविधा पाइसकेको छ। कम्पनीले बाँकी कर २०७७ को असार मसान्तसम्म बुझाइसक्नुपर्ने छ। एनसलेको अब बाँकी कर १४ अर्ब ४० करोड छ।

सम्बन्धित समाचार