free website hit counter

एभरेष्ट बैंकको नाफा ४३ प्रतिशतले बढ्यो

beemaadmin
२०७९ श्रावण १२, बिहीबार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा ४३.७७ प्रतिशत बढेर २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.१५ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ३४.३३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३२।८८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२।८२ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५.९७ प्रतिशत बढेको छ भने जगेडा कोष १२।५७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १२.५७ प्रतिशत र कर्जा १३.९३ प्रतिशत बढेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ रुपैयाँ बढेको छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १९ रुपैयाँ ८२ पैसा रहेको बैंकको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २६ रुपैयाँ ८९ पैसा पुगेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा धेरै बढ्नाले बैंकको यस्तो आम्दानी बढ्न पुगेको हो।

सम्बन्धित समाचार