काठमाडौं । बीमा क्षेत्रका कर्मचारीको दक्षता अभिवृद्धि गर्न तल्लिन रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले तालिम केन्द्र नै खोलेर नियमित अभिकर्ता तालिम दिँदै आइरहेको छ । सो कम्पनीको मुख्यालय नक्सालमा रहेको तालिम केन्द्रको नेतृत्व कम्पनीका सचिव विनोद भुजेलले गर्नुभएकोछ । तालिम काठमाडौंमा मात्रै नभएर देशभरका शाखा उपशाखामा पनि दिने व्यवस्था मिलाइएको छ ।
यसै सिलसिलामा लम्की र टिकापुर शाखामा एक दिवसीय तालिम र सम्मान कार्यक्रम भव्यताका रुपमा सफल बनाएको कम्पनीले जनाएको छ । अभिकर्ता लक्षित उक्त तालिममा १५० जना भन्दा बढीको सहभागिता रहेको थियो । सो कार्यक्रमको प्रशिक्षण प्रमुखमा कम्पनी सचिव विनोद भुजेल रहनुभएको थियो ।