free website hit counter

मेगा बैंकले बन्द गर्यो ग्राहक सेवा काउन्टर

beemaadmin
२०७८ माघ ५, बुधबार

काठमाडौं । मेगा बैंकले ग्राहक सेवा काउन्टर सेवा बन्द गरेको छ । कोभिड(१९ को संक्रमण बढेसँगै बैंकले ग्राहकसँग प्रत्यक्ष जनसम्पर्क हुने सेवाहरु अनिश्चितकालको लागि बन्द गरेको हो । बैंकले अब अनलाइनबाटै सेवाहरु दिने जानकारी गराएको छ । यससँगै ग्राहकले डिम्याट खाता तथा मेरो सेयर, बोनस तथा लाभांश तथा सेयर अभौतिकरण, लगानी व्यवस्थापन सम्बन्धी अन्य सेवा र संस्थागत परामर्श सेवा भने अनलाईन मार्फत दिने छ । साथै, बैंकले यो परिस्थितिमा ग्राहकहरुमा पर्न जाने असुविधा प्रति क्षमा याचना गरेको छ ।

सम्बन्धित समाचार