free website hit counter

एलआईसी नेपालको बीमा शुल्क अब इसेवाबाटै भुक्तानी

beemaadmin
२०७८ श्रावण ९, शनिबार

काठमाडौं । अर्थ क्षेत्रमा डिजिटल प्रयोगको गति बढ्दै गएको छ । न त पैसा तिर्न लाइन बस्नुपर्छ, न त पैसा लिन नै कसैकोमा धाउनु पर्ने अवस्था छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालका बीमितहरुले अबदेखि इसेवाबाट बीमा शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । शुक्रबार एलआईसी नेपाल र इसेवाबीच बीमा प्रिमियमको डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । बीमितलाई सहज र सरल तरिकाबाट बीमा शुल्क भुक्तानी गर्ने सम्बन्धी सम्झौतापत्रमा एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद दास र इसेवाका साजन महर्जनले शुक्रबार हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । सम्झौता अनुसार एलआईसी नेपालका बीमा पोलिसी खरिद गरेका बीमितहरुले बीमाशुल्क भुक्तानी गर्दा इसेवामार्फत भुक्तानी गर्न सक्नेछन् ।

सम्बन्धित समाचार