काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको मृत्युपछि मृत्यु दाबी भुक्तानी बापत ५९ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
कम्पनीको बनेपा शाखाले स्व. राजुकुमार अधिकारीको परिवारलाई मृत्यु दाबी वापत ५९ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीको सहायक महाप्रबन्धक लोकराज जोशीले बीमितको श्रीमति इन्दिरा पुडासैनीलाई बनेपा शाखा कार्यालयमा दाबी रकम बराबरको चेक हस्तान्तरण गरेको हो । स्व अधिकारीले २०७५ असोज २१ गते ५० लाखको अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए ।
उनको २०७७ कात्तिक १८ गते निधन भएको थियो । बीमितले तीन वर्षको अवधिमा अवधिमा कम्पनीलाई १३ लाख ४२ हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गरेका थिए ।