free website hit counter

एशियन लाइफले ४२ प्रतिशत हकप्रद निष्कासन गर्ने

beemaadmin
२०८१ जेष्ठ १, मंगलवार

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात् १ः०.४२ अनुपातमा हकप्रद साधारण सेयर निष्काश गर्ने तयारी गरेको हो । कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो । कम्पनीले हकप्रद साधारण निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हकप्रद सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो । बीमा नियामक नेपाल बीमा प्राधिकरणले न्यूनतम चुक्ता पूँजी रु. ५ अर्ब पु¥याउन दिएको निर्देशन दिए बमोजिम कम्पनीले सेयर लाभांश र हकप्रद निष्काशनमार्फत् चुक्ता पूँजी जुटाउने क्यापिटल प्लान अन्तर्गत हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत (१,४२,७९,३१२ कित्ता) हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रु. ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ पुग्नेछ । चालु आव ०८०–०८१ को चैत्र मसान्तसम्ममा कूल रु. ४१ अर्ब रुपैयाँभन्दा बढी जीवन बीमा कोष रहेको यस कम्पनीले बीमित र सेयरधनीलाई अधिकतम प्रतिफल प्रदान गर्नुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान दिन जलविद्युत आयोजना, पर्यटन व्यवसाय, हवाई उड्ययन सेवा, बैंक, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुमा समेत लगानी विविधिकरण गरेको छ । कम्पनीले आव ०८०–०८१ को चैत्र मसान्त सम्म प्रथम बीमाशुल्क रु. १ अर्ब २० करोड ६१ लाख, नविकरण बीमा शुल्क रु ४ अर्ब ५७ करोड ९२ लाख गरी कुल रु ५ अर्ब ७८ करोड ५४ लाख बीमाशुल्क आर्जन गर्न सफल भएको छ । हाल कम्पनीले देशभर रहेका १३९ शाखा कार्यालयहरु र १ लाख १३ हजार अभिकर्तामार्पmत सर्वसाधारणको घरदैलोमै जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आईरहेकोे जनाएको छ ।

सम्बन्धित समाचार