free website hit counter

एशियन लाइफ इन्स्योरेन्स बन्याे नाबालकको अभिभावक

beemaadmin
२०७८ भाद्र २५, शुक्रबार

काठमाडौं । अभिभावकको मृत्युपछि असहाय बनेकी एक नाबालकको अभिभावकत्व एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । नाबालिका आराध्या शाहको प्रस्तावक रुमादेशी गुप्ताको असामयिक निधनपछि एशियन लाइफ इन्स्योरेन्स कम्पनीले अभिभावकत्व ग्रहण गरेको हो। कम्पनीले एक वर्षकी आराध्याको पढाइ खर्च बापत १६ वर्षसम्म मासिक तीन हजार रुपैयाँ दिने छ भने बीमितले भुक्तानी गर्नु पर्ने बीमा शुल्क पनि छुट दिइएको छ । बीमा अवधि समाप्ति भएपछि एकमुष्ट रुपमा बीमांक रकम र अहिलेसम्म भुक्तानी गरिएको बीमा शुल्कले आर्जन गर्ने बोनस समेत पाउने भएकी छिन् । प्रस्तावक रुमादेवी गुप्ता शाहले आराध्या शाहको बिर्तामोड शाखाकाबाट बाल भविष्य बिमा योजना खरिद गरिदिएकी थिइन । प्रस्तावक गुप्ता शाहको उपचारकै क्रममा २०७७ चैत ११ गते मृत्यु भएको हो । कम्पनीले बीमित आराध्याको संरक्षक बुबा लक्ष्मी नारायण शाह अस्वस्थ रहेका कारण हजुरबुबा असर्फी शाहलाई उक्त जानकारी सहितको पत्र प्रदान गरेको जनाएको छ ।

सम्बन्धित समाचार