free website hit counter

ऐतिहासिक रेकर्डबाट घट्यो सुनको मूल्य

beemaadmin
२०७९ माघ १३, शुक्रबार

काठमाडौं । बिहीबार हालसम्मकै सर्वाधिक महंगो भएको सुन शुक्रबार भने सस्तिएको छ । माघ १३ गते, सुन तोलामा एक हजार १०० रुपैयाँले गिरावट भएको हो । चाँदीको भाउ भने यस दिन स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आजको भाउ अघिल्लो सुनको रेकर्डभन्दा ३०० रुपैयाँले धेरै हो । गत वर्षको फागुन २५ गते, सुन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँको रेकर्डस्तरमा पुगेको थियो । तर बिहीबार भने सुनको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । हिजो सुन तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला एक लाख ६ हजार ९०० रुपैयाँको उच्च स्तरमा पुगेको थियो । साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँ कायम रहेको छ । हिजो चाँदीको मूल्य वृद्धि भएको थियो । हिजो चाँदी प्रतितोला १५ रुपैयाँले उकालो लागेको थियो ।

सम्बन्धित समाचार