free website hit counter

कति बढ्यो मोटरसाइकलको मूल्य ?

beemaadmin
२०७९ जेष्ठ १६, सोमबार

काठमाडौं । प्रत्येक आर्थिक वर्षको बजेटसँगै विलासी सामग्रीको भाउ वृद्धि हुनेगरेको छ । यस पटकको बजेटले पनि विलासी वस्तुमा लगाउँदै आएको कर वृद्धि गर्दा थुप्रै विलासी सामग्रीको मूल्यवृद्धि भएको छ । सरकारले २०० सीसी भन्दा माथिका मोटरसाइकलमा लाग्दै आएको कर बढाएको छ । २०० सीसीभन्दा कम क्षमताको मोटरसाइकलमा करको दर हेरफेर नगरिएको भएपनि सरकारले २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा अन्तःशुल्क २० प्रतिशतले बढाएको छ । यसअघि ६० प्रतिशत रहेको अन्तशुल्क अब ८० प्रतिशत बनाइएको छ ।

२००देखि २५० सीसी
त्यस्तै २०० देखि २५० सीसीसम्मका बाइकमा लाग्दै आएको भन्सारदर १० प्रतिशतले बढेको छ । यसअघि ३० प्रतिशत लाग्दै आएको भन्सार दर १० प्रतिशतले बढाएर ४० प्रतिशत बनाइएको छ । यसअघि सबै मोटरसाइकलमा ३० प्रतिशत नै भन्सार लाग्ने गरेको थियो ।

२५१ सीसीदेखि ५०० सीसी
त्यसैगरी, २५१ सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा लाग्दै आएको भन्सारदर ७० प्रतिशत र अन्तःशुल्क ८० प्रतिशत पुर्याएको छ ।

५०१ सीसी माथि
५०१ सीसीदेखि माथिका सबै मोटरसाइकल आयात गर्दा भन्सार ८० प्रतिशत भन्सार लाग्नेछ भने १०० प्रतिशत अन्तःशुल्क लाग्नेछ ।

१२५ देखि २०० सीसी
१२५ देखि २०० सीसीसम्मका बाइकहरुमा भने १० प्रतिशत अन्तःशुल्क घटाएको छ । ५० प्रतिशत रहेको अन्तःशुल्क ४० प्रतिशत झारिएको छ ।

कुन कुन बाइकको मूल्य बढ्छ ?
सरकारले उच्च सीसीका बाइकमा कर बढाएसँग अघिकांश महंगा बाइकको मूल्य बढ्ने भएको छ । जसमा बजाजको डोमिनार, केटिएमका २०० सीसी माथिका सबै मोटरसाइकल, यामाहा, होन्डा, टिभिएस, बेनाली, रोयलइन्फिल्ड लगाएत कम्पनीका २०० सीसी माथिका मोटरसाइकलको मूल्य उच्चदरमा बढ्ने भएको हो ।

सम्बन्धित समाचार