free website hit counter

कर्मचारीका कुन–कुन भत्ता काटिए ? कुन कुन पाउँछन् ?

beemaadmin
२०७७ जेष्ठ १८, आईतवार

काठमाडौं । लकडाउनका कारण घरैमा दुई महिनाभन्दा बढी समय गुजारिसकेका कर्मचारीलाई अर्को चिन्ता थपिएको छ भत्ता कटौती । यो महंगीमा तलब बढ्नु त कता हो कता खाईपाई आएको भत्ता समेत काटिएपछि कसरी घर परिवार चलाउने ? सबै कर्मचारीले दायाबायाँ गरेर कमाएका हुँदैनन् । तलब भत्ताकै भरमा घरवार चलाउने कर्मचारी धेरै छन् । त्यसैले पनि तलब भत्ता काटिँदा चिन्ता हुनु नौलो होइन । भत्ता काटिँदा तलबकै भरमा घरपरिवार चलाउन सक्ने अवस्था पक्कै छैन ।
सरकारले आगामी आर्थिक वर्षको लागि सरकारी कर्मचारीको भत्ता रोक्का गरेको छ। कोरोनाका कारण देखाँउदै सरकारी कर्मचारीहरुले खाइपाइ आएको भत्ता र थप सुविधा कटौती गरिएको हो । यस अघि कर्मचारीहरुले पाउँदै आएका फिल्ड भत्ता, आन्तरिक बैठक भत्ता, कर्मचारी प्रोत्साहन र पुरस्कारको रकम, स्थानीय भत्ता, वैदेशिक भत्ता,सामाजिक सहायता र सवारी साधनको सन्चालन तथा सम्भार खर्च पनि कटौति भएको अर्थमन्त्रालयले जनाएको छ । यद्यपि कर्मचारीका सबै सेवा सुविधा कटौती भएको होइन् । अर्थमन्त्रालयका अनुसार कर्मचारीले पाउँदै आएको पोसाक भत्ता, खाद्यान्न भत्ता, चाडवाड भत्ता, औषधोपचार भत्ता, महंगी भत्ता, दुर्गम भत्ता र अन्तर निकायको बैठक भत्ता काटिएको छैन । यद्यपि, कोरोना नियन्त्रण कार्यमा अग्रमोर्चामा रही काम गरिरहेका कर्मचारीको भत्ता काटिने छैन। सरकारी कर्मचारीहरुले घर बनाउन र सन्तान पढाउनका लागि सस्तो ब्याजदरमा ऋणको सुविधा भने पाउने भएका छन् ।

सम्बन्धित समाचार