free website hit counter

कारभित्रै काम तमाम ‘दुर्घटना बीमा’वापत ६५ करोड

beemaadmin
२०७९ जेष्ठ ३१, मंगलवार

एजेन्सी । एक युवतीले कारमा शारीरिक सम्बन्धको क्रममा आफ्नो पूर्व प्रेमीबाट आफुलाई यौन संक्रमण भएको दाबी गरिन् । त्यसपछि उनले पूर्वप्रेमीको कारको बीमा कम्पनीसँग क्षतिपूर्ति मागिन् । उनले आफू संक्रमित हुनु कारमा भएको दुर्घटना भएकोले बीमा कम्पनीको दुर्घटना बीमा नीति अन्तर्गत आफूले क्षपिपूर्ति पाउनुपर्ने दावी गरेकी थिइन् । यो मुद्दा अदालत पुग्यो । अहिले अदालतले यस मामिलामा युवतीको दावी सही ठहर गर्दै बीमा कम्पनीले उनलाई ५।२ मिलियन डलर ९करिब ६५ करोड रुपैयाँ० तिर्न आदेश दिइएको छ । अदालतले घटनालाई कारमा भएको दुर्घटनाको रूपमा स्वीकार गरेको छ । घटना अमेरिकाको मिसौरीको हो । यी युवतीले आफ्ना तत्कालीन प्रेमीसँग २०१४ हुन्डाई जेनेसिस कारमा रोमान्स गरेकी थिइन्। वास्तवमा, युवतीका पूर्वप्रेमीलाई यौन संचारित रोग थियो। जसका कारण उनलाई पनि त्यो रोग लागेको थियो ।
उक्त मुद्दामा ५ वर्षपछि मिसौरी कोर्ट अफ अपिल्सले अब जीइआइसीओ जनरल इन्स्योरेन्स कम्पनीलाई युवतीलाई भारी क्षतिपूर्ति तिर्न आदेश दिएको छ । द कान्सास सिटी स्टारको रिपोर्ट अनुसार तीन न्यायाधीशको प्यानलले यो निर्णय दिएको हो । अदालतका कागजातहरू अनुसार युवतीले फेब्रुअरी २०२१ मा जीइआइसीओबाट क्षतिपूर्ति मागेकी थिइन्। यो जोडी सन् २०१७ देखि रोमान्टिक सम्बन्धमा थियो । डेली मेल द्वारा पहुँच गरिएको अदालतका कागजातहरूका अनुसार युवतीले आफ्नो पूर्व प्रेमीलाई थ्रोट क्यान्सरको ट्युमर र एचपीभी ९ह्युमन प्यापिलोमाभाइरस० भएको आरोप लगाएकी थिइन्। यसका बाबजुद पनि उनी बिना सुरक्षा यौनसम्पर्क गर्थे ।
मे २०२१ मा, न्यायाधीशले जोडीले गाडी भित्र यौन सम्पर्क गरेको पाए । जसका कारण युवतीलाई एचपीभी संक्रमण भएको थियो । संक्रमणको जानकारी लुकाएकोमा पूर्व प्रेमीलाई जिम्मेवार ठहर गर्दै युवतीलाई ४० करोड रुपैयाँ तिर्न आदेश दिइएको थियो । यो रकम जीइआइसीओले महिलालाई क्षतिपूर्ति र चोटपटकको लागि दिनेछ। फैसलापछि जीइआइसीओ यस विषयमा पुनः सुनुवाइका लागि अदालत पुगेको थियो । तर तीन न्यायाधीशको प्यानलले पनि तल्लो अदालतको निर्णयलाई समर्थन गरेको छ।

सम्बन्धित समाचार